Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकका तीन नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकका तीन नयाँ शाखारहित बैंकिङ सेवा


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले तीन नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको हो । यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय ६० पुगेको छ ।

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नं. ४, नयाँबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने रेमिट्यान्स सेवा लिने डिस होम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गर्ने गरेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ८० वटा शाखा, दुई सय ५० वटा एटीएम, दुई सय ६० शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया