Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र रोडियो क्याफे एन्ड बारबीच सम्झौता

कुमारी बैंक र रोडियो क्याफे एन्ड बारबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र खुसिबु, काठमाडौँस्थित रोडियो क्याफ एन्ड बारबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई सेवाहरूमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको हो ।

बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र रोडियो क्याफ एन्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन् । सो सम्झौताबमोजिम कुमारी बैंकका ग्राहकले खुसिबुुस्थित रोेडियो क्याफे एन्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियशील राख्नलगायत शारीरिक स्फुर्त एवं मानसिक ऊर्जा र सचेतना पुनर्जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत रोडियो क्याफ एन्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरूमा बैंकका डेबिट तथा क्रेडिट कार्ड ग्राहकलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया