Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको एटीएम काउन्टर काठमाडौँ मलमा

नेपाल बैंकको एटीएम काउन्टर काठमाडौँ मलमा


काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको सुन्धारास्थित कर्मचारी कोष भवन, काठमाडौँमलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार आइतबार आयोजित एक कार्यक्रममा बैंकको काठमाडौं बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख, अर्जनबहादुर कँडेल तथा काठमाडौँ मलका व्यवस्थापक विष्णुहरि ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोईरालालगायतका पदाधिकारीहरूको उपस्थितिमा उक्त एटीएम सञ्चालनमा ल्याइएको हो ।

यसैबीच नेपाल बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँमध्येबाट १४ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया