Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम


काठमाडौं । सन नेपाल लाइफले कैलाली जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पुनर्वासमा बीमा जागरण अभियान सम्पन्न गरेको छ ।

साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखाअन्तर्गत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पुनर्वास, हसुलिया, मसुरिया, भजनी, सुखड, लम्की, टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमहरूको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया