Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको अध्यक्षमा राजिव अरोरा

नेपाल एसबीआई बैंकको अध्यक्षमा राजिव अरोरा


काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा राजिव अरोरा नियुक्त भएका छन् । बैंकका अनुसार यही कात्तिक सात गते बसेको सञ्चालक समितिको चार सय ७६औं बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसहमतिबाट चयन गरेको हो ।

अध्यक्ष अरोरा, एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबीआई समूहको रणनीति, व्यवसाय प्रवद्र्धन, सञ्चालन प्रभावकारिता तथा समूहको अन्य मामिला हेर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष अरोरालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा सोमबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराए ।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबीआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबीआई भारतका मुख्य महाप्रबन्धक बीआरएस सत्यनारायण, बैंकका सञ्चालकहरू रजयकुमार सिन्हा, बालकृष्ण श्रेष्ठ, विमला सुवेदी एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, एसबीआई भारतका उपमहाप्रबन्धक बीएन रथ, नायब सीईओ तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, सल्लाहकार–नयाँ व्यवसाय प्रवर्द्धन छपीराज पन्त तथा बैंकका कम्पनी सचिव श्रीधर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया