Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताल, टेकुलाई सहयोग

नेपाल बंगलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताल, टेकुलाई सहयोग


काठमाडौं । नेपाल बंगलादेश बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग गरेको छ । नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरिएको हो ।

उक्त औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुुन् । बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बङ्गलादेशस्थित साझेदार बैंक आईएफआईसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६–०७७ मा पाँच हजार भायल तथा २०७८–०७८ मा पनि पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो । उक्त औषधि बंगलादेशका लागि नेपालका राजदूत महामहिम वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो । हाल बैंकले एक सयवटा शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएममार्पmत ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया