Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वाँर

एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वाँर


काठमाडौं । एनआईसी एसिया बैंकले स्वतन्त्र सञ्चालकमा विजया स्वाँरलाई नियुक्त गरेको छ । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्षभन्दा बढी अवधिको कार्यअनुभव सँगालेकी स्वाँरलाई बैंकले स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको हो ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको बैंठकले सोही दिनदेखि लागू हुनेगरी उनलाई उक्त पदमा नियुक्ति गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथग्रहण समेत लिएकी छन् ।

फिलिपिन्सको एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी स्वाँर कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिई । बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएको अवसरमा स्वारलाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया