Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश पारित


काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको ११औँ वार्षिक साधारणसभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा शुुक्रबार सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ४० प्रतिशत (करसहित)का दरले हुनआउने आठ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालको प्रथम मर्चेन्ट बैंकका रूपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ, म्युचुअल फन्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाइजरीको कार्य समेत सक्रिय रूपमा सञ्चालन गर्दै आमलगानीकर्ताहरूलाई सु्दृढ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै क्यापिटलले हाल सनराइज म्युचुअल फन्डअन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फन्ड तथा सन्राइज ब्लुचिप फन्ड योजनाहरू सञ्चालन गर्दै आइरहेकोे छ । सनराइज फस्र्ट म्युचुअल फन्ड योजनाले आव २०७७/०७८ को मुनाफाबाट एकाइधनीहरूलाई ५० प्रतिशत (करसहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सनराइज फोकस्ड इक्विटी फन्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने प्रक्रियामा रहेको छ । संस्थाले आगामी वर्षहरूमा मर्चेन्ट बैकिङसम्बन्धी सम्पूर्ण सेवाहरू सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनीतिकरूपमा अगाडि बढाउँदै लगिने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया