Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा प्रहरी परिसर ललितपुरलाई १० थान एलईडी टीभी सहयोग

ग्लोबल आईएमई बैंकद्वारा प्रहरी परिसर ललितपुरलाई १० थान एलईडी टीभी सहयोग


ललितपुर । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलईडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरू हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रुमका लागि टेलिभिजन सेटहरू सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरूले सेवाग्राहीहरूलाई थप प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखे । यसैगरी महानगरीय ट्राफिक परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसका निम्ति बैंकलाई धन्यवाद ज्ञापन गरिन् । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया