Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता


काठमाडौं । नबिल बैंक र पोखरा विश्वविद्यालयले एक–आपसमा सहकार्य गर्ने विषयमा सम्झौता गरेका छन् । बैंकका अनुसार पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरिएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेका छन् । सम्झौताको मुख्य उद्देश्य बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरूलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको बैंकले जनाएको छ ।

सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया