Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंक र नेप्सेबीच सम्झौता

ज्योति विकास बैंक र नेप्सेबीच सम्झौता


काठमाडौं । ज्योति विकास बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच सम्झौता भएको छ । ज्योति विकास बैंकद्वारा निष्काशित एक दशमलव पाँच अर्बबराबरको ९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने विषयमा उक्त सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमका बीच सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका हुुन् ।

सम्झौतापश्चात् सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार सुरु हुने बैंकले जानकारी दिएको छ ।

बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया