Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्सको पहिलो त्रैमासिक नाफा दुई करोड १९ लाख

रिलायन्स फाइनान्सको पहिलो त्रैमासिक नाफा दुई करोड १९ लाख


काठमाडौं । रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड १९ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा दुई करोड दुई लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९१ करोड ५६ लाख ५८ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासिक अवधिमा पाँच अर्ब ७२ करोड ३८ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६५ करोड ८८ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ८८ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने ७८ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ८३ करोड ९९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी चारा अर्ब ३९ करोड ५० लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ९५ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया