Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार ओरालो लाग्यो

सेयर बजार ओरालो लाग्यो


काठमाडौं, माघ १६
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुुधबार बजार परिसूचक शून्य दशमलव शून्य चार अंकले ओरालो लागेर १३ सय पाँच दशमलव ८८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ४९ अंकले ओरालो लागेर दुुई सय ७८ दशमलव १९ अंकमा झरेको छ । यसदिन कुल एक सय ७६ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १३ हजार आठ सय वटा कारोबारमा २८ लाख ७८ हजार चार सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २९ करोड ३७ लाख ११ हजार तीन सय ८३ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार तीनवटा समूहको सूचक उकालो लाग्दा नौवटा समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ९६ अंकले ओरालो लागेर ११ सय ३० दशमलव ६७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पाँच दशमलव २३ अंकले ओरालो लागेर १७ सय ६५ दशमलव तीन अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि सात दशमलव १३ अंकले ओरालो लागेर नौ सय ९१ दशमलव ५७ अंकमा झरेकोमा उत्पादनमूलक समूहको सूचक पनि १२ दशमलव ४५ अंकले ओरालो लागेर २४ सय ५६ दशमलव ७३ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि ३२ दशमलव ८७ अंकले ओरालो लागेर सात हजार तीन सय ८९ दशमलव ९० अंकमा झरेको छ । यीबाहेक फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः दुुई दशमलव २२, एक दशमलव ९९ र शून्य दशमलव १४ अंकले ओरालो लागेका छन् । टे«डिङ समूहको सूचक भने यसदिन १६ दशमलव तीन अंकले उकालो लागेर आठ सय एक दशमलव ८४ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ९७ दशमलव १९ अंकले उकालो लागेर पाँच हजार छ सय ७६ दशमलव ८१ अंकमा चढेको छ । यसैगरी होटल समूहको सूचक पनि १६ दशमलव १६ अंकले उकालो लागेर दुुई हजार १८ दशमलव २४ अंकमा चढेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नाडेप लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९६ पैसाले बढेर सात सय ६२ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ १५ पैसाले बढेर सात सय ९९ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आशा लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य पाँच रूपैयाँ ५० पैसाले घटेर एक सय तीन रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको नेपाल हाइड्रोडेभलपर कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार रूपैयाँ ५८ पैसाले घटेर एक सय २५ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नाडेप लघुुवित्त वित्तीय संस्था परेको छ । संस्थाको यसदिन प्रतिकित्ता सात सय ६२ रूपैयाँ अन्तिम मूल्यमा छ करोड ३८ लाख ७६ हजार तीन सय ७३ रूपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय २७ रूपैयाँ अन्तिम मूल्यमा छ करोड २२ लाख ३९ हजार एक सय ९९ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक छिमेक लघुुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया