Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको सहुलियतपूर्ण कर्जामा कास्कीका महिला उद्यमीलाई प्राथमिकता

मेगा बैंकको सहुलियतपूर्ण कर्जामा कास्कीका महिला उद्यमीलाई प्राथमिकता


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंककी प्रमुख कार्यकारी अण्धिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् बैंकले संघसँग आबद्ध उद्यमी महिलाहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरूलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताइन् । महिला उद्यमीहरूलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताइन् ।

संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् । मेगाले कर्जाका साथ साथै महिला उद्यमीहरूलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया