Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअभियान लघुवित्तले साधारण सेयर जारी गर्ने

अभियान लघुवित्तले साधारण सेयर जारी गर्ने


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरजारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

योसँगै संस्थाले नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । आईपीओ जारीपश्चात् संस्थाको चुक्ता पुँजी २५ करोड पुग्नेछ । संस्थाले अहिले रेटिङको काम गराइरहेको जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य इजाजत–पत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संथासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिनेलगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ भित्र थप छवटा शाखा कार्यालय सञ्चानलमा ल्याउने संस्थाको तयारी रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया