Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको २१औँ वार्षिक साधारणसभा

कुमारी बैंकको २१औँ वार्षिक साधारणसभा


काठमाडौँ । कुमारी बैंक लिमिटेडले २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराको अध्यक्षतामा नक्सालस्थित नक्साल कार्यालय, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७७/०७८को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । सभाले सेयरधनीहरूलाई आव २०७७/०७८ को लागि छ प्रतिशत बोनस सेयर तथा बोनस सेयरबापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी दुई दशमलव ६७ प्रतिशतबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस सेयर जारीपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार तीन सय २६ रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७७/७८ को आसार मसान्तसम्म बैंकले कुल निक्षेप एक खर्ब ५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम एक खर्ब ४३ अर्ब ७७ करोड प्रवाह गरी सञ्चालन मुनाफा तीन अर्ब १९ करोड तथा एक अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी एक सय ९६ वटा शाखा सञ्जाल, एक सय ७५ एटीएम, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ एकाइमार्फत देशभरि आफ्ना सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया