Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग

ज्योति विकास बैंकद्वारा प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग


काठमाडौँ । ज्योति विकास बैंकले विदुर ३, खड्ग भन्ज्याङ नुवाकोटस्थित प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरू सहयोग गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहन राज गिरिले प्रगतिशील माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेलाई कम्प्युटरहरू हस्तान्तरण गरेका हुुन् ।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरूमा सूचना प्रविधिसम्बन्धी सीपको विकास गर्न, विद्यार्थीहरूमा प्रयोगात्मक सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु-याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय पााँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया