Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकद्वारा हेटौडा सहिद पार्कका लागि सहयोग

कृषि विकास बैंकद्वारा हेटौडा सहिद पार्कका लागि सहयोग


काठमाडौं, माघ १६
कृषि विकास बैंकले सहिद पार्कको लागि आर्थिक सहयोग गरेको छ । बैंकले मकवानपुर हेटौडास्थित सहिद स्मारकलाई सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत बैंकले उक्त पार्कभित्र पर्यटकहरूलाई सूचना प्रवाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सूचना केन्द्र (नमस्ते सेन्टर)का लागि आर्थिक सहयोग गरेको हो ।

बैंकका अनुुसार भिजिट नेपाल २०२० सचिवलय र प्रदेश सरकारसँगको सहकार्यमा नौ लाख ५० हजार रूपैयाँ खर्च गरी प्रत्यक्ष सहयोग पु-याएको हो । पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिसरमा बैंकले आफ्नो नयाँ एटीएम मेसिनसमेत राखी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बुुधबार उद्घाटन गरेका हुुन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने क्रममा बैकले सुरुका दिनबाट नै उपरोक्त प्रकृतिका सहयोग तथा सेवा प्रवाह गर्दै आएको छ ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम, बैंकका शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमाल, प्रदेश कार्यालय वीरेन्दनगरका निर्देशक जगदिश्वर पन्थी र शाखा कार्यालय हेटौडाका प्रबन्धक रामप्रसाद गजुरेलको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया