Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकद्वारा पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई सहयोग

कुमारी बैंकद्वारा पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई सहयोग


काठमाडौं, माघ १६
कुमारी बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकको दुलेगौँडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई सो विद्यालयको स्वर्ण जयन्तीको अवसरमा २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको हो । स्वर्ण जयन्ती समारोहमा बैंकका गण्डकी प्रदेश प्रमुख नविनराज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

प्रमुख अतिथि पूर्वराष्ट्रपति रामवरण यादद्वारा उक्त अवसरमा कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मानस्वरूप कदरपत्र प्र्रदान गरेका थिए । विद्यालयले एक स्टाफ नर्स राखी प्राथमिक उपचार कक्ष सञ्चालन गर्दै आएको यस विद्यालयमा मेडिकल सामग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।

बैंकले हाल एक सय २० शाखा सञ्जाल, एक सय १७ एटीएम, छवटा एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिँदै आएको बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु-याउँदै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया