Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा


काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले मंगलबार क्यापिटलका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा विशेषसभा सम्पन्न गरेको हो ।

सभाले प्रस्तावित एकबराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद सेयर निष्काशन गरेपश्चात् क्यापिटलको चुक्ता पुँजी वृद्धि भई ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ । क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्तासम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवाहरू तथा समेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक वर्षभित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना समेत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया