Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआँधीखोला लघुवित्तको पहिलो त्रैमासिक नाफा ९३ लाख ४४ हजार

आँधीखोला लघुवित्तको पहिलो त्रैमासिक नाफा ९३ लाख ४४ हजार


काठमाडौं । आँधीखोला लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९३ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ६६ लाख छ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३९ करोड ४८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १० करोड ७१ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २६ लाख ८६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ३० करोड ५३ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ८४ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ५३ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया