Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघोडीघोडा लघुुवित्तको नाफा सात लाख ५० हजार रुपैयाँले ऋणात्मक

घोडीघोडा लघुुवित्तको नाफा सात लाख ५० हजार रुपैयाँले ऋणात्मक


काठमाडौँ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात लाख ५० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा छ करोड १२ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी ३७ करोड १२ लाख १५ हजार रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४५ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात लाख ४८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले चार करोड १० लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ करोड २४ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच लाख नौ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया