स्वरोजगार लघुुवित्तले चार करोड ८० लाख कमायो
काठमाडौँ । स्वरोजगार लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ८० लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ४५ लाख ५६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ७४ करोड चार लाख रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३८ करोड ७३ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १० करोड ३५ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड आठ लाख छ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ५७ प्रतिशत रहेको छ । यस अवधिमा संस्थामा सात दशमलव ३३ प्रतिशत स्प्रेड दर रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ९८ करोड ७७ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब तीन करोड ८५ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा चार करोड ५२ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ करोड ६७ लाख ४६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चारा दशमलव ७६ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थामा आठ दशमलव २० प्रतिशत स्प्रेड दर रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया