Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डू र एपोलो पोलिक्लिनिकबीच सम्झौता

बैंक अफ काठमाण्डू र एपोलो पोलिक्लिनिकबीच सम्झौता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलिक्लिनिकबीच सम्झौता भएको छ । बैंकका अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यो सम्झौतापश्चात् ग्राहकहरूले एपोलो पोलिक्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाइग्नोस्टिक सेवाहरूमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकहरूले उक्त सेवाहरूमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरूको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । एपोलो पोलिक्लिनिकले काठमाडौँ उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया