Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकले ११ दशमलव पाँच प्रतिशत लाभांश दिने

लक्ष्मी बैंकले ११ दशमलव पाँच प्रतिशत लाभांश दिने


काठमाडौं । लक्ष्मी बैंकले ११ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको दुई सय ४९औँं बैठकले २०७८ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीमध्येबाट आठ प्रतिशत अर्थात् ८५ लाख ५६ हजार पाँच सय ५१ दशमलव ८९ कित्ता बोनस सेयर र तीन दशमलव पाँच प्रतिशत अर्थात् ३७ करोड ४३ लाख ४९ हजार एक सय ४५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधरणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया