Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २३औं वार्षिक साधारणसभा गरेको छ । बैंकले शुक्रबार पोखराको होटल पोखरा ग्राण्डमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकको आर्थिक वर्ष २०७७/०७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान बाडँफाँट, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरु पारित भएको छ । सभाले बैंकको आर्थिक वर्ष २०७७/०७८को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १४ प्रतिशत लाभांश (शून्य दशमलव सात प्रतिशत नगद र १३ दशमलव ३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ति अनुमोदन गरेको छ । बैंकले गत आर्थिक वर्षमा एवं अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पुँजी नौ अर्ब पाँच करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा दुई अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले एक सय ६२ वटा शाखाहरुलगायत एक सय ५४ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा तीन सय १६ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर दुई सयवटा एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया