Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको सहयोगमा एक सयवटा सेतो छडी वितरण

सिद्धार्थ बैंकको सहयोगमा एक सयवटा सेतो छडी वितरण


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंस्थित अपाङता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत एक सयवटा सेतो छडीको लागि ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले आउँदो मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ । अपाङता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आइरहेको उक्त संस्थालाई पु-याएको सो रकम सहयोगबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया