Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक तथा फाइनान्स कम्पनीहरूले महिना दिन बितेपछि मात्र निक्षेपको ब्याज परिवर्तन गर्न सक्ने

बैंक तथा फाइनान्स कम्पनीहरूले महिना दिन बितेपछि मात्र निक्षेपको ब्याज परिवर्तन गर्न सक्ने


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले महिना दिन बितेपछि मात्र निक्षेपको ब्याज परिवर्तन गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाममा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्यनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले दिएको उक्त निर्देशनअनुसार आगामी महिनाको लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्नेछ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेपबाहेक)को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्नेछ । उदाहरणको लागि यदि अघिल्लो महिना वाणिज्य बैंकहरुले प्रकाशन गरेका अधिकतम ब्याजदरको औसत आठ दसमलव पााँँच प्रतिशत भएमा सोमा १० प्रतिशतले वृद्धि गरी कायम हुने नौ दसामलव ३५ प्रतिशतसम्म मात्र वाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

उक्त परिपत्रअनुसार बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नुपर्नेछ । तर, आफूसँगै रहेको निक्षेपलाई पुनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा प्रकाशित ब्याजदरमा शून्य दशमलव एक प्रतिशत विन्दुसम्म थप गरी निक्षेप संकलन गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया