Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तको १०औँ वार्षिक साधारणसभा

सिभिल लघुवित्तको १०औँ वार्षिक साधारणसभा


काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको संस्थाले आइतबार साधारणसभा सम्पन्न गरेको हो ।

संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथिको रूपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले पूर्वमेचीदेखि महाकालीसम्मका जिल्लाहरूमा कार्यक्रम विस्तार भएको, दोहोरो अंकमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिए । साथै, संस्थाले गरेको उत्साहजनक प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने, कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गराउने र निष्क्रिय कर्जा व्यवस्थापनमा जोड दिई लगानीकर्तालाई यसै प्रकारको प्रतिफलदिन सकोस भनी संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

सभाले आर्थिक वर्ष २०७७–०७८को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांशसहित अन्य प्रस्तावहरू पारित गरेको छ । सभाका अध्यक्ष सचिनजङ रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाइदिएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरूमार्फत ५८ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्तीय सेवा प्रदान गर्दै ७५ करोड बचत संकलन गरी तीन अर्ब २७ करोड रुपैयाँभन्दा बढी लगानी गरेकोे छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया