Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको एआईमा अधारित ‘भिडियो केवाईसी’ नेपाली बैंकिङ जगतमै पहिलो

एनएमबी बैंकको एआईमा अधारित ‘भिडियो केवाईसी’ नेपाली बैंकिङ जगतमै पहिलो


काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईस, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमौ रही खाता खोली कोरोबार गर्न सकिने योजना सञ्चालनमा ल्याएको छ । बैंकले नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको दाबी समेत गरेको छ । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवामार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नायाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नजो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्दछन् ।

‘एनएमबीले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यसप्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलाइन्स फर भ्यालु बेस्ड बैंकिङ सदस्यका नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । एनएमबी बैंक नेपालकै अग्रणी बैंक हो भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपालको सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदीयमान अभिनेतामध्ये एक हुन् ।

एक प्रेस वक्तव्य जारी गर्दै बैंकले शाहसँग दुईपक्षीय समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ । एनएमबी बैंकको ब्राण्ड एम्बेसेडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गरे । शाहलाई एनएमबी बैंक परिवारमा ब्रान्ड एम्बेसेडरका रूपमा अफिसियल स्वगत गर्न पाउँदा खुशी लागेको बैंकले जनाएको छ । जरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसैगरी एनएमबी बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मूल धारमा राखी कार्य गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया