Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सेको प्रमुखमा ११ जनाको आवेदन

नेप्सेको प्रमुखमा ११ जनाको आवेदन


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अघिकृत पदको लागि ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका सूचना अधिकृत रितेश शाक्यका अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि डा. रमेश कुमार भट्टराई, जीवन अम्गाई, प्रविन पन्दाक, बद्रीप्रसाद प्याकुरेल, कृष्ण बहादुर कार्की, निरञ्जन फुयाँल, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरेले आवेदन दिएका हुुन् ।

यसअघि अर्थमन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि यही कात्तिक ११ दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले सार्वजनिकरुपमा सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको थियो । नेप्सेको प्रमुुख कार्यकारी अधिकृतमा यसअघि चन्द्रसिंह साउद रहेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँगै साउद पनि सर्वोत्तम सिमेन्टको सेयर खरिद सम्बन्धी विवादमा तानिएपछि साउदले पदबाट राजीनामा दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया