Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ सारथीको पहिलो त्रैमासिक नाफा ६५ लाख ५० हजार

नयाँ सारथीको पहिलो त्रैमासिक नाफा ६५ लाख ५० हजार


काठमाडौं । नयाँ सारथी लघुुवित्तवित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६५ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ६७ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८६ करोड ९३ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८८ करोड ४७ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच करोड १५ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९५ लाख ५९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ६० करोड १५ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६९ करोड १६ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा चार करोड ७० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३० करोड १६ लाख ८० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया