Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर जनकपुरमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर जनकपुरमा


काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौँ एक्स्टेन्सन काउन्टर जनकपुुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।

यो नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा एक सय ३८ शाखा, आठवटा एक्स्टेन्सन काउन्टर, पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ६८ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यसको बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउन्टरको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया