Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १३ सय २५ अंकमा

सेयर बजार परिसूचक १३ सय २५ अंकमा


काठमाडौं, माघ १७
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार परिसूचक १९ दशमलव ५१ अंकले उकालो लागेर १३ सय २५ दशमलव ३८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५७ अंकले उकालो लागेर दुुई सय ८१ दशमलव ७६ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १९ हजार आठ सय ७४ वटा कारोबारमा ४६ लाख दुई हजार एक सय एक कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९६ करोड ६२ लाख १९ हजार सात सय ४९ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार ट्रेडिङ समूहको सूचक १५ दशमलव ३१ अंकले ओरालो लागेर सात सय ८६ दशमलव ५३ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव २५ अंकले उकालो लागेर ११ सय ४८ दशमलव ९२ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक १६ दशमलव ४३ अंकले उकालो लागेर १७ सय ८१ दशमलव ४६ अंकमा चढेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक पनि नौ दशमलव ६६ अंकले उकालो लागेर एक हजार एक दशमलव २३ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १८ दशमलव छ अंकले उकालो लागेर २२ सय सात दशमलव ५७ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय २४ दशमलव ६४ अंकले उकालो लागेर पाँच हजार नौ सय एक दशमलव ४५ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ६८ दशमलव ६३ अंकले उकालो लागेर सात हजार पाँच सय ५८ दशमलव ५३ अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २४ दशमलव आठ, छ दशमलव ३६, नौ दशमलव ४२, एक दशमलव ९२ र शून्य दशमलव शून्य चार अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० रूपैयाँले बढेर चार सय १८ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ८६ पैसाले बढेर चार सय ६८ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य पाँच रूपैयाँ ३५ पैसाले घटेटर एक सय छ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच रूपैयाँ १२ पैसाले घटेर एक सय ११ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नाडेप लघुुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय ६८ रूपैयाँ अन्तिम मूल्यमा ११ करोड ३६ लाख १९ हजार एक सय ४७ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ७० रूपैयाँ अन्तिम मूल्यमा सात करोड २० लाख १४ हजार दुुई सय १८ रूपैयाँको किनबेच भएको छ । यीबाहेक प्रभुु बैंक, नाडेप लघुुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया