Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको प्रदेश ५ लक्षित वैदेशिक कर्जा योजना

प्रभु बैंकको प्रदेश ५ लक्षित वैदेशिक कर्जा योजना


काठमाडौं, माघ १७
प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरूका प्रवासी कामदाहरूलाई लक्षित गरी नयाँ प्रडक्ट सुरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजनाअन्तर्गत प्रदेश न. २ का ५ जिल्लाहरू बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरूले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन । प्रवासी कामदार र उनीहरूको परिवारको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित यूकेएडको परियोजनाअन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरूका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम लाभ लिनेछन् भन्ने बैंकले विश्वास लिएको छ । वैदेशिक रोजगारी कर्जा योजना सीप यूकेएड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया