Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुदायिक लघुवित्तको पहिलो त्रैमासिक नाफा एक करोड पाँच लाख

सामुदायिक लघुवित्तको पहिलो त्रैमासिक नाफा एक करोड पाँच लाख


काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड पाँच लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ११ लाख २० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५२ करोड २२ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३८ करोड ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ७३ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ लाख ६७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ४५ करोड तीन लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ७४ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ७८ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड २६ लाख ३५ हजार रुपैयाँ रहेको संस्थामा चार दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया