Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकका तीन नयाँ शाखा

लुम्बिनी विकास बैंकका तीन नयाँ शाखा


काठमाडौं, माघ १७
लुम्बिनी विकास बैंक लिमिटेडले एकै दिन तीनवटा शाखा खोलेको छ । बैंकले बिहीबार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ४, चौराहमा आफ्नो ६६औं शाखाको रूपमा धनगढी शाखा कार्यालय; कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ४, महेन्द्र स्मारकमा ६७औं शाखाको रूपमा महेन्द्रनगर शाखा कार्यालय र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, वीरेन्द्र चोकमा ६८औं शाखाको रूपमा विरेन्द्रनगर शाखा कार्यालय गरी एकै दिन तीनवटा शाखा कार्यालयहरूको उद्घाटन गरेको हो ।

स्थानीय प्रतिनिधि, भद्र भलादमी, ग्राहक/आमन्त्रित अतिथिहरूसमेतको उपस्थितिमा आयोजित औपचारिक कार्यक्रमहरूका बीच धनगढी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका कार्यालय मुख्य व्यवस्थापक निश्चल अधिकारी र बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले संयुक्तरूपमा, महेन्द्रनगर शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्ल र बैंकका सञ्चालक समितिका सदस्य तथा पूर्वअध्यक्ष चिन्तामणि भट्टराईले संयुक्तरूपमा, सुर्खेत शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य तथा पूर्वअध्यक्ष सुशिलराज पराजुलीले गरेका हुुन् । बैंकको व्यवसाय, आफ्ना ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्वयोजनामुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा आजबाट देशका सातवटै प्रदेशअन्तर्गतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६८ वटा शाखाबाट बैंकिङ कारोबारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराइयो ।

बैंकले आर्थिका वष २०७५//७६ मा सञ्चालन मुनाफा ८५ करोड र खुद मुनाफा ६२ करोड गरेको थियो । व्यवसाय विस्तारको सकारात्मक प्रभावको कारण बैंकले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०७४/७५ मा १७ दशमलव सात प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७५/७६ मा १५ प्रतिशत नगद लाभांश तथा पाँच प्रतिशत बोनस सेयर वितरण गरेको छ । बैंकको हाल कायम चुक्तापुँजी दुुई अर्ब ७२ करोड रूपैयाँ रहेको छ । असार मसान्तमा बैकको कुल जगेडा कोषमा दुुई अर्ब रहेको छ । २०७६ पौष मसान्तसम्ममा २०७६ आषाढ मसान्तभन्दा बैंकको कुल कर्जा सापटी नौ दशमलव ३५ प्रतिशतले वृद्धि भई २४ अर्ब ८९ करोड पुगेको छ भने निक्षेप १२ दशमलव ९९ प्रतिशतले वृद्धि भई २८ अर्ब दुई करोड पुगेको छ तथा खुद नाफा २५ करोड भएको छ ।

बैंकले उक्त शाखा कार्यालयहरूबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, एटीएमलगायतका सेवाहरू उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करिब दुुई लाख ५० हजार ग्राहकहरूलाई सरल एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । काठमाडौँंमा केन्द्रीय कार्यालय रहेको बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरूमार्फत ग्राहकहरूलाई बैकिङ सेवा पु-याउने लक्ष्य लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया