Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमाछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात

माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात


काठमाडौं  । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरूका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत् प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा भएको हो ।

सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डल्लिरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापाले संयुक्तरूपमा औपचारिका उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले स्थापना गरेको यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरूले यस सहकार्यको मदतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया