Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा गणपति लघुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा गणपति लघुवित्तको लाभांश स्वीकृत


काठमाडौं । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले यसअघि उक्त संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एकण् प्रतिशत नगद लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।

संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार सात सय ५० रुपैयाँमध्येबाट १९ प्रतिशत अर्थात् दुई करोड ४१ लाख ९७ हजार सात सय ८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक प्रतिशतका दरले हुनआउने १२ लाख ७३ हजार पाँच सय ६७ रुपैयाँ ५० पैसाबराबरको नगद लाभांश वितरण गर्नको स्वीकृतको माग गर्दै राष्ट्र बैंकमा प्रस्ताप पेस गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति गरेको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया