Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल सहभागिता फन्डको भुक्तानी अबदेखि ई–सेवाबाट पनि

एनआईबीएल सहभागिता फन्डको भुक्तानी अबदेखि ई–सेवाबाट पनि


काठमाडौं । एनआईबीएल सहभागिता फन्डका एकाइ खरिदको भुक्तानी ई–सेवाबाट पनि गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी यही मंसिर छ गतेदेखि ई–सेवाको माध्यमबाट पनि एनआईबीएल सहभागिता फन्ड (खुलामुखी योजाना)का एकाइ खरिदको भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

यसअघि एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताहरूलाई कनेक्ट आईपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । योजना व्यवस्थापक प्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरूलाई विनाझन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत जानकारी पनि कम्पनीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया