Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारछिमेक लघुवित्तको नाफा २१ करोड ४१ लाख

छिमेक लघुवित्तको नाफा २१ करोड ४१ लाख


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २१ करोड ४१ लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोेड ४५ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा २३ अर्ब ५७ करोड १७ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड ५७ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५३ करोड ३८ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ६७ लाख ७६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव तीन प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १९ अर्ब ८९ करोड ५३ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब तीन करोड १२ लाख आठ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा ४३ करोड २२ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४१ करोड ९९ लाख ४१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया