Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको मुर्कुटीमा पनि शाखारहित सेवा सुरु गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा यही मंसिर तीन गतेबाट ८६औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी होति देविवलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र एक सय १३ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया