Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तका शाखाप्रमुखलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम

सिभिल लघुवित्तका शाखाप्रमुखलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम


काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यालय प्रमुखहरूको क्षमता अभिवृद्धि गर्नका लागि धितो पहिचान तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ । २०७८ मंसिर २ देखि ५ गतेसम्म चितवन प्याराडाइज होटल, सौराहामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी लगायत करिब एक सय जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको उत्साहजनक प्रगति तथा नतिजा कर्मचारीहरूकै अथक मिहिनेत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवादसहित बधाई दिँदै आगामी दिनमा समेत उच्च मनोबलका साथ आफ्नो कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । नेपालमा लघुवित्त संस्थाहरूले विपन्न वर्गलाई प्रभावकारी रूपमा सेवा प्रदान गरिरहेको र ग्राहकहरूलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरूबीच तीव्र प्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा जिम्मेवारी र गुणस्तरसहितको व्यवसाय सञ्चालन र विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरूको दक्षता तथा क्षमता अभिवृद्धिको लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरूलाई यस संस्थाबाट तालिमहरू प्रदान गर्दै जाने योजना रहेको कुरा बताए ।

तालिम समापन कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सचिनजंग रायमाझी तथा सञ्चालकहरूले सहभागीहरूसँग अन्तक्रिया गर्दै तालिमको विषयवस्तुहरूमा सिकेका कुराहरूको बारेमा जानकारी लिई सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । साथै, सञ्चालक समितिका अध्यक्ष श्री सचिनजंग रायमाझीले आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट हुन सफल शाखा कार्यालयहरूलाई प्रशंसापत्र वितरण गरेका थिए भने वित्तीय संस्थाले छोटो समयमा हासिल गरेको प्रगतिमा कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नति र प्रगतिको लागि दत्तचित्त भएर कार्य गर्न शुभकामना व्यक्त गरेका छन् ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको हालसम्म ७४ शाखा कार्यालयहरूमार्फत ५८ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै ७५ करोड बचत संकलन गरी तीन अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया