Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र दक्षिण कोरियाको स्टार रेमिट कम्पनीबीच सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टार रेमिट कम्पनीबीच सम्झौता


काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टार रेमिट कम्पनी लिमिटेडबीच रेमिट्यान्स (विप्रेषण) सम्झौता भएको छ । बैंकका अनुसार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टार रेमिटका तर्फबाट प्रेसिडेन्ट, अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरूपमा रकम पठाउन सक्नेछन् । रेमिट्यान्स गर्नेबित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्छन् । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवाप्रदायकहरूको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ । बैंकले आफ्ना रेमिट्यान्स/विप्रेषण ग्राहकहरूका लागि रेमिटरहरूका लागि विशेष विशेषतासहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरू, र विशेष सरल कर्जा सुविधाहरूलगायतका थुप्रै सुविधासहितका विस्तारित सेवाहरू प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले आफ्नो रेमिट्यान्स सहयोग केन्द्रमार्फत सबै रेमिट्यान्ससम्बन्धी प्रश्नहरूका लागि प्राथमिकता सेवासम्बन्धी सहयोग समेत प्रदान गर्नेछ ।

साझेदारी सम्झौता हस्तानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टार रेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरूलाई भेलाको बारेमा उल्लेख गरेका छन् । उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वको बारेमा उनीहरू दुवैले विशेष जोड दिएका छन् । विदेशबाट फर्किने कामदारहरूका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरूमार्फत विदेशबाट रकम पठाउनु कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मदत गर्छ भन्ने कुराको बारेमा पनि कार्यक्रममा विशेष जोड दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया