Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझिनो अंकले उक्लियो सेयर बजार

झिनो अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक झिनों अंकले उकालो लागेको छ । अघिल्लो ३२ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार भने एक दसलव ८९ अंकले उकालो लागेर २७ सय ३५ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव २९ अंकले ओरालो लागेर पाँच सय १५ दसमलव १९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । जसअनुसार ५४ हजार सात सय तीन पटकको कारोवारमा ७४ लाख ४५ हजार दुई सय २७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब २१ करोड ७४ लाख १५ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपमसमुहहरुको कारोवार भएका छन् । जसमध्ये तीन वटा समुहरुको सुचक ओरालो लागेका छन् भने बाँकी १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया