Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

नागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी


काठमाडौं । नागरिक लगानी कोषले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागिका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई राहत पु-याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरूलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरूका ८४ जना सहभागीका कानुनअनुसारका हकवालालाई कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

उक्त शाखाका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई दुई लाख रुपैयाँको चेक हस्तारण गरेका हुन् । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया