Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्टप्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आईएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सीम भएका ग्राहकहरूलाई उपलब्ध हुनेछ ।

बैंकले आफ्ना गा्रहकहरूलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु-याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो । यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आईएमई बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरू ल्याई आफ्ना ग्राहकहरूलाई विस्तारित बैंकिङका साथसाथै अन्य सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ८७ शाखा, दुई सय ५२ एटीएम, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया