Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल पेमेन्ट सोलुसन्सको ‘वान लिंक’ पेमेन्ट सर्भिस सिद्धार्थ बैंकबाट

नेपाल पेमेन्ट सोलुसन्सको ‘वान लिंक’ पेमेन्ट सर्भिस सिद्धार्थ बैंकबाट


काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरूले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् ।

यसलाई सरल भाषामा बुझ्दा, सानादेखि ठूला व्यापारीलगायत बिजनेस तथा कर्पोरेट हाउसहरूले ‘वान लिंक’ बाट आफ्नो ग्राहकहरूलाई एसएमएस अथवा इमेललगायत ह्वाट्स एप, भाइबर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउँछ । यहाँ, यसले एम बैंकिङ सँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्छ ।

परम्परागत भुक्तानी सेटअपमा फर्केर हेर्दा, ग्राहकहरूलाई म्यानुअल विवरणहरूमार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलब्ध गराइन्थ्यो । यद्यपि, ‘वान लिंक’ मार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम इ–बैंकिङ, एम बैंकिङ, आईपीएस कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको विकल्प पाउन सक्छन् । अहिले, सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि, पछि यसबाट ऋणको इएमआई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्नेछ । समग्रमा, यसले व्यक्ति, घरेलु, साना तथा मझौला र कर्पोरेट ग्राहकहरूलाई पनि सशक्त बनाउँछ ।

नेपाल पेमेन्ट सोलुसन्स प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरू, पीएसपीहरू, रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसन्सले अधिकाशं ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरूसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो जसले ४० भन्दा बढी बैंक, ५० भन्दा बढी रेमिट्यान्स कम्पनी र २० भन्दा बढी वालेटहरूलाई जोड्दै अघि बढिरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया