Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वाभिमान लघुवित्तले तीन महिनामा कमायो ७४ लाख बढी

स्वाभिमान लघुवित्तले तीन महिनामा कमायो ७४ लाख बढी


काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ७४ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४१ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ करोड २० लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड छ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ३५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ११ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३५ लाख २३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ८९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ४४ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ११ करोड १५ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ लाख ८३ हजार रुपैयाँ रहेको थियो निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया