Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेष्डो लघुवित्तको नाफा पाँच करोड

नेष्डो लघुवित्तको नाफा पाँच करोड


काठमाडौं । नेष्डो लघुवित्तवित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड सात लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ७० लाख १२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब ३० करोड १४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ८८ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड दुई लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको निष्क्रिय कर्जा भने सात दशमलव ३२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ११ करोड ८९ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५६ करोड ८९ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ८५ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया